बालुवाटारमा अरु बेला हलभित्र गरिने एमाले बैठक आज किन बाहिर टेन्टमा गरियो ? Nepalpatra बालुवाटारमा अरु बेला हलभित्र गरिने एमाले बैठक आज किन बाहिर टेन्टमा गरियो ?
९ श्रावण २०७८, शनिबार

बालुवाटारमा अरु बेला हलभित्र गरिने एमाले बैठक आज किन बाहिर टेन्टमा गरियो ?


एमाले बैठक टेन्टमा

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । आज शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी शुरु भएको हो ।

अरु बेला ठुलो हलभित्र गरिने एमाले बैठक आज बाहिर खुल्ला ठाउँमा टेन्टभित्र गरिएपछि जिज्ञाशा बढ्नु स्वाभाविक हो । एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा पर्याप्त ठाउँ नभएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बालुवाटारमा पनि ठाउँ अभावका कारण टेन्टमा बैठक बस्ने लागेको एक नेताले बताए । अरु बेला सवारी साधन पार्किङ गरिने खुल्ला स्थानमा आज टेन्ट टागिएर बैठक गरिएको हो । कोरोना महामारी र स्थान अभावका कारण खुला ठाउँमा बैठक गरिएको हो ।

तर बालुवाटारमा आज शुरु भएको बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह सहभागी भएको छैन भने उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।

२०७४ साल जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय खनाल-नेपाल समूहले गरेको हो । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले हिजो असार १७ गते गौतमलाई औपचारिक पत्र नै लेखेर उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुन अनुरोध समेत गरेका थिए । २०७७ पुस ५ मा नेकपा विभाजन भएपछि एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै समूहमा नलागी तटस्थ रहेका छन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएपछि गौतम सकारात्मक भई बैठकमा सहभागी हुन बालुवाटार लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

ओलीले बोलाएको एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु

एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी हुने, नेपाल समूहलाई दवाव

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, खनाल-नेपाल समूह नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !