१२ बैशाख २०८१, बुधबार

ओलीले बोलाएको एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु


एमालेको महाधिवेशन आयोजक समितिको बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । आज शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी शुरु भएको हो ।

तर बालुवाटारमा आज शुरु भएको बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह सहभागी भएको छैन भने उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।

हिजो बिहीबार सो समूहको बुद्धनगरस्थित क्वालिटी वैंक्वेट बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो । २०७४ साल जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय खनाल-नेपाल समूहले गरेको हो ।

एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी आज शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले हिजो असार १७ गते गौतमलाई औपचारिक पत्र नै लेखेर उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुन अनुरोध समेत गरेका थिए । २०७७ पुस ५ मा नेकपा विभाजन भएपछि एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै समूहमा नलागी तटस्थ रहेका छन् ।

यद्यपि पार्टीका धेरै आन्तरिक मामलामा नेपाल समूहलाई नैतिक रुपमा समर्थन गर्दै आएका गौतम ओलीले बोलाएको बैठकमा सहभागी हुने भएपछि ओली समूहलाई थप उर्जा मिलेको छ भने केन्द्रिय कमिटीमा अल्पमतमा परेको नेपाल समूहलाई भने नैतिक दवाव सिर्जना भएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएपछि गौतम सकारात्मक भई बैठकमा सहभागी हुन बालुवाटार लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी हुने, नेपाल समूहलाई दवाव

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, खनाल-नेपाल समूह नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !