११ बैशाख २०८१, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी हुने, नेपाल समूहलाई दवाव


वामदेव गौतम

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् । एमालेका उपाध्यक्ष गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले हिजो असार १७ गते गौतमलाई औपचारिक पत्र नै लेखेर उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुन अनुरोध समेत गरेका थिए । २०७७ पुस ५ मा नेकपा विभाजन भएपछि एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै समूहमा नलागी तटस्थ रहेका छन् ।

यद्यपि पार्टीका धेरै आन्तरिक मामलामा नेपाल समूहलाई नैतिक रुपमा समर्थन गर्दै आएका गौतम ओलीले बोलाएको बैठकमा सहभागी हुने भएपछि ओली समूहलाई थप उर्जा मिलेको छ भने केन्द्रिय कमिटीमा अल्पमतमा परेको नेपाल समूहलाई भने नैतिक दवाव सिर्जना भएको छ ।

एमालेको आज बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ । हिजो बिहीबार सो समूहको बुद्धनगरस्थित क्वालिटी वैंक्वेट बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो ।

२०७४ साल जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय खनाल-नेपाल समूहले गरेको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएपछि गौतम सकारात्मक भई बैठकमा सहभागी हुन बालुवाटार लागेको उनको सचिवालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !