१२ बैशाख २०८१, बुधबार

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, खनाल-नेपाल समूह नजाने


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौँ । सतारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । तर आज बस्ने सो बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ ।

हिजो बिहीबार सो समूहको बुद्धनगरस्थित क्वालिटी वैंक्वेट बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।

२०७४ साल जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय खनाल-नेपाल समूहले गरेको हो ।

एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी आज शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !