७ बैशाख २०८१, शुक्रबार

खनाल-नेपाल समूह भोलि केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । आज सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।

एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !