१२ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीशको प्रश्न– प्रधानमन्त्रीले विश्वासको मत नलिने घोषणा आफैँ गर्न मिल्छ ?


चोलेन्द्र शमसेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने घोषणा आफैँ गर्न मिल्छ वा मिल्दैन भनेर प्रश्न गरेका छन् ।

संसद विघटन विरुद्धको मुद्दामा आज मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका हुन् ।

बहसका क्रममा प्रधानन्यायाधीश राणाले प्रश्न गरे, “विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने घोषणा त संसद्मार्फत जानुपर्ने होइन र ? संसद् छलेर जान मिल्छ र ?” उत्तरमा नायव महान्यायाधिवक्ता पाण्डेयले भने, “विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसद्मै पेस गर्नुपर्छ भन्ने ब्यवस्था छैन, त्यसमा पनि विश्वासको मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरी संसद्मा जानुपर्दैन ।”

नायव महान्यायाधिवक्ता पाण्डेयलाई प्रश्न गर्दै प्रधानन्यायाधीश जबराले धारा ७६(३) को प्रधानमन्त्रीले विश्वासको मत पाउने कुराको घोषणा कसले गर्ने भनी प्रश्न गरेका हुन् । नायव महान्यायाधिवक्ता पाण्डेयको बहस जारी छ । उनका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !