१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको काम नै देशलाई बर्बाद गर्ने हो : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को काम नै देशलाई बर्बाद गर्ने भएको आरोप लगाएका छन् ।

एमाले तत्कालीन महासचिव समेत रहेका जननेता स्वर्गीय मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले प्रचण्डले अस्थिर मानसिकताले देशलाई राजनीतिलाई भाड्न खोजेको समेत टिप्पणी गरे ।

ओलीले प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरेका छन् । प्रचण्डले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैंकबाट लुटेको, बाँदरमुढे घटना घटाएको, मानिसहरुलाई महिनौंसम्म नियन्त्रणमा लिएर निर्मम, जघन्य अपराध गरेको र अहिले लोकतन्त्रको मसिहा बनेको आरोप समेत लगाए ।

उनले प्रचण्डको पछि लागेर माधव नेपाल हिडेकोमा बिडम्वनाको कुरा भएको बताएका छन् । उनले सिके राउतलाई पनि मूलधारको राजनीतिमा ल्याइसकेकोले अव प्रचण्डलाई पनि सुधार्नु जरुरी भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !