पाँच विद्यार्थी संगठद्वारा देशव्यापी आन्दोलन घोषणा, यस्तो छ तालिका Nepalpatra पाँच विद्यार्थी संगठद्वारा देशव्यापी आन्दोलन घोषणा, यस्तो छ तालिका
१२ श्रावण २०७८, मंगलबार

पाँच विद्यार्थी संगठद्वारा देशव्यापी आन्दोलन घोषणा, यस्तो छ तालिका


विद्यार्थी संगठन

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेका छौं,’ समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले भने । आन्दोलनका कार्यक्रमअनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संयुक्त संघर्ष समितिको संयन्त्र सबै प्रदेश र जिल्लाहरुमा निर्माण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !