युवराज कार्कीलाई राजदूत नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश Nepalpatra युवराज कार्कीलाई राजदूत नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
९ श्रावण २०७८, शनिबार

युवराजलाई राजदूत नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालत

काठमाडौँ । पूर्वमन्त्री युवराज कार्कीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र सपना मल्ल प्रधानको इजलासले सर्वोच्च अदालतले स्नातक तह उत्तीर्ण नगरेकालाई राजदूत नबनाउन भन्दै आदेश जारी गरेको हो ।

राजदूत नियुक्ति गर्दा योग्यता, दक्षता, अनुभवसँग जोडिएको विषयमा नेपाल सरकारको मन्त्रीको रुपमा सेवा गरेको व्यक्तिको हकमा कम्तिमा स्नातक उपाधि हासिल गरेको प्रावधान लागू हुने छैन भनी निर्देशिकामा नै परिवर्तन गरेपछि सर्वोच्चमा रिट परेको थियो ।

त्यसमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तिको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !