६ बैशाख २०८१, बिहिबार

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटक-पटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।

एक स्थायी कमिटीका सदस्यका अनुसार बैठकमा सर्वोच्चका पछिल्ला फैसला, आगामी निर्वाचन र महाधिवेशनका बिषयमा छलफल हुनेछ ।

एमालेले विधान महाधिवेशनको गृहकार्य अघि बढाउदै दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !