८ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ता जस्तो बन्नुभयो : सभापति देउवा


देउवा, प्रचण्ड, नेपाल र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेको टिप्पणी गरेका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुको आब्हानमा आज शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी पत्रकारहरुसँगको अन्तर्क्रियामा बोल्दै देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे । संविधानमा स्पष्ट लेखेको समेत नगर्ने राष्ट्रपतिले कसरी संविधाननको रक्षा गर्न सक्छ भन्दैं उनले पटक-पटक राष्ट्रपतिलाई ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाए ।

देउवाले भने, ‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ । राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो। राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्। केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !