१३ बैशाख २०८१, बिहिबार

एकाबिहानै सूर्य थापाले प्रचण्ड र माओवादी केन्द्रको वैधानिकतावारे उठाए प्रश्नचिन्ह


सूर्य थापा र प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एकाबिहानै पार्टीको महाधिवेशन नगरी चलेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उक्त पार्टीको वैधानिकतावारे प्रश्नचिन्ह उठाएका छन् ।

आज बिहानै सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले निर्वाचन आयाेग, प्रचण्ड र माओवादी केन्द्रकाे अविलम्ब ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।

उनले २०७५ जेठ ३ गते यताकाे ३ बर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् भन्दै अनि राष्ट्रपति भन्दा उनलाई राजा मन नपराेस् त ? भनेर कटाक्ष समेत गरेका छन् ।

साथै अर्को ट्वीट पनि गर्दै उनले पार्टी वैधानिक हुन अनिवार्यत: कानून परिपालना गरेकाे हुनैपर्छ भन्दै तर गैरकानुनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन नमिल्ने उनले स्पष्ट समेत पारेका छन् ।

उनले कानुनीराजकाे बर्खिलापका कार्य दण्डनीय भएकोले प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ भन्दै बैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन् भनेर आरोप समेत लगाएका छन् ।

सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग हिजो दिउँसो संसद भवन नयाँ बानेश्वरको हलमा सम्पादकसँगकाे अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको उल्लेख गर्दै अहिलेकी राष्ट्रपति भन्दा राजाको कमसेकम सान त थियो भनेर टिप्पणी गरेका थिए ।

प्रचण्डले राष्ट्रपतिको वारेमा यस्तो टिप्पणी गरेपछि उनलाई टक्कर दिन थापाको यस्तो धारणा बाहिर आएको हो ।

उनले लेखेका छन्, ‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन् । निर्वाचन आयाेग,प्रचण्ड र माकेकाेअविलम्ब ध्यानाकर्षण हुनुपर्छ । २०७५ जेठ ३यताकाे ३बर्ष शून्य अवधि र थप समय पाउँदा पनि छ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् । अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपराेस् त?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !