११ बैशाख २०८१, मंगलबार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी राष्ट्रियसभाको बैठक आह्वान गरिएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा सम्वत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !