७ बैशाख २०८१, शुक्रबार

रक्षामन्त्री पोखरेल भने : सरकार आर्थिक समृद्धिमा केन्द्रित छ


Ishwor_pokharel

२५ फागुन, काठमाण्डौ । रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को १२ औँ राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धि र विकासमा लागिनपर्ने राजनीतिक दलहरु अप्रासंगिक हुँदै जाने चेतावनीसमेत दिए ।

रक्षामन्त्री पोखरेलले प्याब्सनले मुलुकको शैक्षिक क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्दै अब मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय कार्यभार पूरा गर्ने योजना तय गर्न पनि आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !