६ बैशाख २०८१, बिहिबार

सभामुखमा महरा निर्विरोध


ramkrisna mahaara

२५ फागुन, काठमाण्डौ । संघीय संसदको सभामुखमा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भनेपछि महारा निर्विराेध निर्वाचित भएका हुन् ।

उनले शुक्रबार बिहान ११ बजे सभामुखका लागि उम्मेद्वारी दर्ता गराएका थिए । उनलाई पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले सभामुखमा प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !