१२ बैशाख २०८१, बुधबार

बालुवाटारमा ओलीले आफूनिकट नेतासँग गोप्य छलफल गर्दै


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतासँग छलफल गरेका छन् । सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन्।

ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका थिए। छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए।

ओलीले मन्त्रीलाई अरू केही बिकल्प सोच्न सक्ने भन्दै निवास नछाड्न र गाडी प्रयोग गर्न भनेका थिए। पदमुक्त भएलगत्तै मन्त्रीहरु झण्डा छोपेर बालुवाटार पुगेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !