११ बैशाख २०८१, मंगलबार

अदालतको फैसलापछि योगेशले भने– नेकपा एमालेको एकताको अपरिहार्यता छ


योगेश भट्टराई

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमाले यूवा नेता योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलापछि टिप्पणी गर्दै अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ आफूलाई लागेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै उनले अदालतको फैसलालाई एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ भन्दै बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ भएको उल्लेख गर्दै बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भएको व्यंग समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !