१२ बैशाख २०८१, बुधबार

विपक्षी गठबन्धनले भन्यो, ‘ओलीले राष्ट्रलाई गम्भीर संकटतर्फ धकेल्दैछन्’

नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्‍ने हुन् कि भन्‍ने खतरा उत्पन्‍न भयो : विपक्षी गठबन्धन


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौँ । विपक्षी गठबन्धनले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्‍ने हुन् कि भन्‍ने खतरा उत्पन्‍न भएको आशंका प्रकट गरेको छ ।

विपक्षी गठबन्धनले आज संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रलाई गम्भीर संकटतर्फ धकेल्न लागिपरेको आरोप समेत लगाएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पक्ष, एमालेका नेता माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेको बताएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

विपक्षी गठबन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्‍ने हुन् कि भन्‍ने खतरा उत्पन्‍न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ।’

सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन् ।

विपक्षी गठबन्धनले भन्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु