२ श्रावण २०८१, बुधबार

अदालतको फैसला अप्रत्यासित, यसबारे बाँकी निर्णय बैठक बसेर गर्छौ : प्रदीप ज्ञवाली


प्रदीप ज्ञवाली

काठमाडौं । अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् ।

अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले बताए ।

ज्ञवालीले भने, “अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !