चुरेको गिट्टी बालुवा निकासीविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै Nepalpatra चुरेको गिट्टी बालुवा निकासीविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२० श्रावण २०७८, बुधबार

चुरेको गिट्टी बालुवा निकासीविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै


सर्वोच्च अदालत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय सार्वजनिक गरेपछि सो कदमबिरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलास गठन गरेका छन् ।

आज शुक्रवार उक्त रिट निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ रहेका छन् ।

बजेटमार्फत सरकारले ढुंगागिट्टी निकासी गर्ने ल्याएको कार्यक्रमविरुद्ध चुरे दोहन रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र डा. पुण्य प्रसाद खतिवडा सहित ७ जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए । खानी विभागले बनाएको मापदण्डअनुसार गिट्टी ढुंगा निकासी गर्ने कार्यक्रम साउनदेखि कार्यान्वयनमा आउने बजेटमा समावेश छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा