७ बैशाख २०८१, शुक्रबार

सर्वाेच्चकाे आदेश : निजामती कर्मचारी युनियनको निर्वाचन यथाशीघ्र अघि बढाउनु (पूर्णपाठ)


सर्वोच्च अदालत

काठमाडौँ । सर्वाेच्च अदालतले निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशीघ्र अघि बढाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालकाे एकल इजलासले बिहीबार निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन आदेश दिएकाे हाे ।

आदेशमा अदालतले थप गरिएको अवधिमा निषेधाज्ञा जारी हुदाँ वचत भएको समयलाई मध्यनजर गर्दै यसअघि नै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिन भनिएको छ । यसअघिकै कार्यसमितिलाई कायम राख्न र यथाशीघ्र निर्वाचनको प्रक्रिया अघि बढाउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई सर्वोच्चले आदेश दिएको हो ।

निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्काे बैठकले पटकपटक सार्दै आएपछि युनियन अदालत गएकाे थियाे । ४ वर्षे कार्यकाल सकिएपछि सरकारले विधान अनुसार १ वर्ष थपेर ट्रेड युनियनको म्याद जेठ १८ गतेसम्म पुर्‍याएको थियो ।

यस्तो छ हेर्नुहोस् सर्वाेच्चकाे आदेश (पूर्णपाठ)

सर्वाेच्चकाे आदेश सर्वाेच्चकाे आदेशसर्वाेच्चकाे आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !