८ बैशाख २०८१, शनिबार

एमालेको नेपाल समूहद्वारा बाढी पहिरो पीडितलाई तत्काल राहत प्रदान गर्न सरकारसँग माग


माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बाढी पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत प्रदान गर्न माग गरेको छ । नेपाल समूहका १४ जना स्थायी कमिटी सदस्यहरुले प्रेस विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरू थप प्रभावकारी बनाउन माग गरेका हुन् ।

निष्पक्ष र पारदर्शी रूपमा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ । उनीहरूले बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाएका छन् । उनीहरूले प्राकृतिक विपत्तिमा परेकाहरूलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि सबैलाई अपिल गरेका छन् ।

यस्तै उक्त समूहले लगातारको पानीपछि आएको बाढी, पहिरो र डुबान पीडितको उद्दार र राहतका लागि एउटा समिति बनाएको छ । बिहीबार जुममा बसेको स्थायी समिति बैठकले विपद् व्यवस्थापन विज्ञ समेत रहेका नेता गंगालाल तुलाधरको संयोजकत्वमा राहत र उद्दारका लागि समिति बनाइएको सचिव भीम आचार्यले जानकारी दिए ।

बाढी पहिरो पीडितलाई तत्काल राहत प्रदान गर्न एमालेको नेपाल समूहको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !