७ बैशाख २०८१, शुक्रबार

ओलीको प्रश्न : देउवा प्रधानमन्त्री भए ‘माधव नेपाल’ कुन पार्टीको ? एमाले सत्तापक्ष कि प्रतिपक्ष ?


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनको कारणबारे जवाफ पेश गर्दै विपक्षीले माग गरेजस्तो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेमा एउटै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्था आउने प्रधानमन्त्री केपी शर्मा ओलीले तर्क गरेका छन् ।

सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले माधव नेपाल समूहको एमाले सत्तापक्ष हुने कि प्रमुख प्रतिपक्ष ? भन्ने प्रश्न गरेका हुन् । झलनाथ खनाल-माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा पेश रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान २३ जना सांसदहरुको हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री ओलीले सर्वोच्चलाई प्रतिनिधिसभा विघटनको कारणबारे जवाफ पेश गरेको बुँदा नम्वर ६ मा भनिएको छ, ‘विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ । कथंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ? मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ? किनभने श्री शेरबहादुर देउवा त नेकपा (एमाले)कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ । एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !