७ बैशाख २०८१, शुक्रबार

समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति : गगन थापा


गगन थापा File Photo

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले विपद जानकारी दिएर नआउने तर समयमै पूर्वतयार गर्न नसक्दा मुलुकले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोरिरहेको बताएका छन् ।

नेता थापाले बाढि/पहिरोले प्रभावित स्थानमा अबिलम्ब उद्दार, खोजी, उपचार, पुनर्स्थापना र सुरक्षाको व्यवस्था गर्न तथा राहातको प्याकेज उपलव्ध गराउन साथै जोखिमयुक्त स्थानको पहिचान गरी प्रदेश र स्थानीय तहसंगको समन्वयमा तत्काल पूर्वसावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न सरकारसंग आग्रह समेत गरेका छन् ।

सामाजिक सञ्जाल लेखेका छन्, “यस विपदको अवस्थामा जो जहाँ छौं सुरक्षित रही स्थानीय तह र सुरक्षा निकायसंग समन्वय गरी आ-आफ्नो ठाँउमा उद्दार,खोजी,उपचार र राहातको लागि कृयाशिल रहन नेपाली कांग्रेसका सवै तहमा आवद्ध सम्पूर्ण साथीहरूलाई अपील गर्दछु।पूर्व सावधानी अपनाऔं,आफु वचौं अरुलाई वचाऔं, विपदमा परेकालाई सहयोग गरौं

यस अवस्थामा वाढी पहिरोले प्रभावित स्थानमा अबिलम्ब उद्दार,खोजी,उपचार,पुनर्स्थापना र सुरक्षाको व्यवस्था गर्न तथा राहातको प्याकेज उपलव्ध गराउन साथै जोखिमयुक्त स्थानको पहिचान गरी प्रदेश र स्थानीय तहसंगको समन्वयमा तत्काल पूर्वसावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न सरकारसंग आग्रह गर्दछु

कोरोना महामारीले आक्रान्त पारिरहेकै बेला अस्तिदेखिको वर्षाका कारण वाढी पहिरोले समेत जनजीवन अस्तव्यस्त वनाइरहेको छ।विभिन्न ठाउमा जनधनको क्षति भएका खवर आएका छन,जोखिमयुक्त ठाउँको जनजीवन त्राहिमान वनेको छ।विपद जानकारी दिएर आउदैन तर समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति भइरहेको छ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !