१३ बैशाख २०८१, बिहिबार

सर्वोच्च बारद्वारा एमिकस क्युरीमा घिमिरे र केसीको नाम सिफारिस


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका रूपमा पठाउने निर्णय गरेको हो । कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन रहेको छ ।

गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्‍वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट २/२ जना गरी कुल ४ जना एमिकस क्युरी झिकाउने आदेश गरेको थियो । नेपाल बार एसोसिएसनले भने एमिकस क्युरीमा पठाउने सदस्यको नाम चाडैं टुंगो लगाउनेबारे छलफल गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !