१३ बैशाख २०८१, बिहिबार

गण्डकीका मुख्यमन्त्रीलाई प्रवक्ता शर्माको सुझाव : सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बधाई र शुभकामना सहित संक्षिप्त सुझाव पत्र दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज विहान लेख्दै शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ तर आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ छ भन्दै फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस् भनेर सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ ! बधाई र शुभकामना सहित संक्षिप्त सुझाव पत्र !’

गण्डकीका मुख्यमन्त्रीलाई प्रवक्ता शर्माको सुझाव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु