एमाले सुदूरपश्चिममा कारबाहीको सिलसिला जारी : ७ प्रदेश सांसदलाई कारवाही Nepalpatra एमाले सुदूरपश्चिममा कारबाहीको सिलसिला जारी : ७ प्रदेश सांसदलाई कारवाही
९ श्रावण २०७८, शनिबार

एमाले सुदूरपश्चिममा कारबाहीको सिलसिला जारी : ७ प्रदेश सांसदलाई कारवाही


सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी

धनगढी । नेकपा (एमाले) को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका ७ प्रदेशसभासद्माथि कारवाही गरेको छ ।

एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारवाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारवाही गरिएको हो ।

संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए ।

संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !