१२ बैशाख २०८१, बुधबार

सांसद कृष्ण थापालाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय सर्वोच्चबाट सदर


कृष्ण थापा

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेसँगै थापाको सांसद पद गएको छ ।

सर्वोच्चले थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै थापा सांसद पद गएको हो । जेठ २२ गतेको कामकाजमा रोक नलगाउने अन्तरिम आदेश आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेको हो ।

अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले छुट्टा छुट्टै भ्याकेट निवेदन दर्ता गराएका थिए। निवेदनमा आज सुनुवाइ गर्दै श्रेष्ठ र रेग्मीको संयुक्त इजलासले निवेदकको माग बमोजिम आदेश खारेज गर्दै अन्तिम आदेश जारी गरेको हो।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले जेठ २२ गते थापामाथि भएको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले आदेश गरेपछि पनि जनमोर्चाले फेरि पार्टी निर्देशन नमानेको भन्दै हटाएपछि प्रदेश सभाले थापालाई दोस्रो पटक पदमुक्त गरेको थियो ।
सांसद कृष्ण थापालाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय सर्वोच्चबाट सदर
सांसद कृष्ण थापालाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय सर्वोच्चबाट सदर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !