१३ बैशाख २०८१, बिहिबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल बिरामी भएर काठमाडौंको थापाथलीस्थित अस्पताल भर्ना भएका छन् ।

ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !