७ बैशाख २०८१, शुक्रबार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी प्रचण्डका उग्र-कार्यकर्ता हुन् : महेश बस्नेत


महेश बस्नेत र श्रीकृष्ण गिरी

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी प्रचण्डका उग्र-कार्यकर्ता भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज राती लेख्दै उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. गिरी माओबादी केन्द्रका उग्र-कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भएको टिप्पणी गरेका छन् ।

शिक्षामन्त्री गिरीराज मणी पोख्रेल छदाँ नियुक्ति लिएका यिनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्वमन्त्री र माओवादीका ठुला नेताहरुको संलग्नता खुल्लम-खुल्ला देखिएको उनले आरोप समेत लगाएका छन् ।

उनले नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको भन्दै नेपालका डक्टरह्ररु र मेडिकल व्यवसायीहरुलाई बस्न टिक्न नदिने, व्यवसाय गर्न नदिने र एमबिबिएस पढ्न चाहने बिद्यार्थीहरुलाई अफ्नै देशमा पढ्ने वातावरण बन्न नदिने षड्यन्त्र समेत भएको बताएका छन् ।

बार्षिक १५ अर्ब भन्दा बढी रकम विदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली व्यवसायीले संचालन गरेको मेडिकल कलेजहरुलाई सम्बन्धन दिनु हुदैन भनेर स्याल हुइयाँ गर्दै गरेको बताएका हुन् ।

आज एकाएक कथित गिरीलाई प्रधानमन्त्रीले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाएसम्म प्रधानमन्त्रीको दिशासम्म बाँकी नराख्नेहरुले खोक्न थालेछन् र रोइलो गर्दैछन भनेर व्यंग समेत गरेका छन् ।

उनले कृपया याद रहोस त्यो भ्रष्टलाई सम्झाउन बिधि र कानुन प्रयाप्त छ भन्दै फेरि पनि सम्झाउनै परेपनि तीनले दु:ख दिएका पूर्व वाइसीएलको एउटा सामान्य कार्यकर्ता नै काफी भएको जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा. केसी आलाइन्सले डा. गिरीको सुरक्षाको लागि अपिल गरेका छन् ।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएको भन्दै अपीलमा डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उल्लेख गरिएपछि बस्नेतको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !