८ बैशाख २०८१, शनिबार

चौतर्फी धक्का लागेपछि ओलीले बोलाए एमालेले स्थायी कमिटी बैठक


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेका अध्यक्ष ओली दबाबमा परेका छन् ।

बस्न लागेको स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुने भएको छ । यद्यपि अदालतको फैसलालाई लिएर एमालेको संस्थापन पक्षले पुनरावलोकनमा जाने बताएको छ ।

यस्तै गण्डकी प्रदेशमा एमालेका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत प्राप्त गर्ने नसकी पदमुक्त भएर नेकपाको सरकार ढलेको छ । लुम्विनी प्रदेश, बाग्मती प्रदेश र प्रदेश १ मा पनि एमालेको नेतृत्वमा रहेको सरकारलाई भविष्यमा संकट आउने सक्ने संकेत केही समय अघिदेखि देखिंदै आएको छ ।

नेकपा भंग भएसँगै ओलीले फागुन २८ मा नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेर दसौं महाधिवेशन आयोजक कमिटी बनाएका थिए । तर, खनाल-नेपाल समूहले यसलाई अस्वीकार गर्दै समानान्तर गतिविधि र कमिटी निर्माणमा लागेको थियो ।

पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्तावलाई झलनाथ खनाल र माधव नेपाल समूहले अस्वीकार गरेसँगै एमाले एकता थप संकटमा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !