६ बैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित


लुम्बिनी प्रदेशसभा

बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । लुम्बिनी प्रदेशसभाको आज आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

यद्यपि जसपाले आफ्ना सांसदलाई नीति तथा कार्यक्रमको विपक्षमा बस्न ह्वीपसमेत लगाएको थियो । अल्पमतमा रहेका भनिएका मुख्यमन्त्री शंकर पोखरेलले पेस गरेको नीति तथा कार्यक्रम पास भएसँगै अब बजेट ल्याउने बाटो खुल्ला भएको छ ।

प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !