१३ बैशाख २०८१, बिहिबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेलले गरे छिट्टै विश्वासको मत लिने तयारी


गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छिट्टै नै विश्वासको मत लिने तयारी थालेका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले चाडैं विश्वासको मत लिने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।

विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले सरकारले छिट्टै विश्वासको मत लिने उनले बताएका छन् । हिजो शनिवार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ ।

गुरुङ मुख्यमन्त्रीवाट पदमुक्त भएसँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेपछि विपक्षी गठबन्धनवाट पोखरेल ३१ जना संसदसहित हस्ताक्षर लिएर नयाँ सरकारको लागि बहुमत दावी पेश गरी मुख्यमन्त्रीका हिजो शनिबार नियुक्त भएका थिए ।

यसरी गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । पोखरेलले ३१ जनै प्रदेशसभा सदस्यको समर्थन छ । १ जना सांसदले मात्र समर्थन फिर्ता लिएर विश्वासको मत नदिएमा पोखरेलको सरकार फेरि ढल्ने देखिन्छ ।

तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चलखेल गरेर १/२ जना प्रदेशसभा सदस्यले पोखरेललाई दिएको समर्थन नगरेमा पोखरेलको सरकार ढल्ने देखिन्छ भने बिपक्षी दल एमालेको पनि बहुमत नपुग्ने भएकोले प्रदेशसभा नै विघटन गरेर निर्वाचनमा जानुपर्ने हुन्छ । तसर्थ ‘रात गए अग्राठ पलाउछ’ भन्ने चिन्ताले मौका आउँछ पर्खदैन भनेझैँ आइरन तातेकै बेला कपडामा लगाउनुपर्ने भएकोले उनले विश्वासको मत लिन हतार गरेको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !