१३ बैशाख २०८१, बिहिबार

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङलाई सुबिधा दिने प्रदेश सरकारकाे निर्णय


कृष्णचन्द्र नेपाली र पृथ्वीसुब्बा गुरुङ

पाेखरा । गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय गरेकाे छ । नवगठित मन्त्रीपरिषद्को बैठकले संघकाे सुविधा समेत हरेर पूर्वमुख्यमन्त्रीकाे सुविधा ताेकिने सरकारले जनाएकाे छ ।

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । ‘हाम्रो स्रोत साधनले कति भ्याउँछ, पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गर्‍यौं’, खड्काले भने, ‘यसका लागि ऐन ल्याएर कार्यान्वयन गर्छौ।’

गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हिजो साँझ पद तथा गोपनीयताको शपथ लिएलगत्तै पदभार समेत ग्रहण गरेका थिए । मुख्यमन्त्रीले नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र) की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेका छन् ।

आज आइतबार बसेको मन्त्रीपरिषद् बैठकले खड्कालाई सरकारको प्रवक्ता तोकेको थियो । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि मन्त्रिपरिषद्मा छलफल भएको उनले जानकारी दिए ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । बजेटअघि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्छ । यसका लागि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु