१२ बैशाख २०८१, बुधबार

सूर्य थापाले भने, ‘नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ’


सूर्य थापा

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ भनेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले नराेत्तम वैद्यले अपराधिक मनसायका साथ बाेलेकोमा मिसनवाला मिडियाले नसुन्नुका साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेवाट निस्काशित नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव माैन बसेको टिप्पणी समेत गरेका छन् ।

उनले कसैले बाेली फिर्ता लिन र आत्मालाेचना गर भनिरहेका छन् भन्दै नवकाँग्रेस जमातले यसाे भनेकाे पाइन्छ भएर कटाक्ष समेत गरेका छन् । कांग्रेसका बागमती प्रदेशसभा सदस्य बैद्यले प्रधानमन्त्री ओलीको ज्यान लिनुपर्ने भनि दिएको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

थापाले लेखेका छन्, ‘नराेत्तम वैद्यले अपराधिक मनसायका साथ बाेले।मिसनवाला मिडियाले सुनेनन्, देउवा प्रचण्ड माधव र उपेन्द्र माैन छन्,कसैले बाेली फिर्ता लिन र आत्मालाेचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसाे भनेकाे पाइन्छ । प्रधानमन्त्रीकाे हत्या गरी नाथुराम बन्न चाहनेलाई फाैजदारी कसुरमा नै दण्ड दिनुपर्छ ।’

हिजो शुक्रबार बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउनकै लागि देशघाती सम्झौता गरिरहेको जनाउँदै हाल नाथुराम गोड्से जस्ता व्यक्तिको आवश्यकता रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !