४ बैशाख २०८१, मंगलबार

भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता


bidya-devi-bhandari

२३ फागुन, काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले बुधबार दिउँसो राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभयो । वाम गठवन्धनको समर्थनमा भण्डारीले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवार दर्ता गर्नुभएको हो ।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् भने समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

भण्डारीले उम्मेदवारी दर्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !