१३ बैशाख २०८१, बिहिबार

बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गर्न काँग्रेसका कृष्णचन्द्र पुगे प्रदेश प्रमुखसमक्ष


कृष्णचन्द्र नेपाली

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेपछि विपक्षी गठबन्धन आज बहुमत दावी गर्दै प्रदेश प्रमुखसमक्ष गएको छ ।

बहुमत सांसदसहित विपक्षी गठबन्धनका नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आज बेलुकी ५ बजे गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष गएको हो ।

युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको पनि मुख्यमन्त्रीका दावेदार नेपालीले बताएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको हो ।

६० सदस्यीय प्रदेश सभामा नेपालीको पक्षमा बहुमत पुगेको आधार प्रदेश प्रमुखलाई भएको खण्डमा उनी आजै मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि भोलि २९ गते शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु