१३ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिममा एमालेको नेपाल समूहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग


प्रकाशबहादुर शाह

काठमाडौं । नेकपा एमाले ओली समूहको प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वसको मत दिएको भन्दै सुदूरपश्चिम प्रदेशका झलनाथ खनाल-माधव नेपाल समूहका १७ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिनुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधिएको एमालेका प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिएका छन् ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने ओली समूहको एमालेले बताएको छ ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठकले पार्टी निर्देशन विपरीत पक्षमा मत दिने निर्णय गरेको थियो । बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहे तापनि बहुमत पक्षले दिएको थिएन ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा नेपाल समूहका १७ सांसदले भट्टको पक्षमा मत दिएपछि उनको मुख्यमन्त्री पद जोगिएको थियो । यसअघि माधव समूहले भट्टलाई मत नदिने ओली पक्षका ७ जना सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
सुदूरपश्चिममा एमालेको नेपाल समूहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु