१३ बैशाख २०८१, बिहिबार

प्रदेश २ मा राती १० बजे लाजमर्दो हर्कत : मोबाइलको टर्च बालेर कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ


मोबाइलको टर्च बालेर कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई हिजो बुधबार प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

जसपाभित्र विवाद आएपछि महन्थ ठाकुर पक्षीय मन्त्रीलाई हटाएर उपेन्द्र यादव पक्षका राउतले काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपासँग दुई बुँदे सहमति भएपछि काँग्रेस सरकारमा सहभागी भएको हो ।

जसपा नेतृत्वको सरकारमा हिजो नेकपा माओवादी पनि सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर भागबण्डा नमिल्दा काँग्रेसमात्रै सरकारमा सहभागी भएको हो । माओवादीलाई मनाउने प्रयासस्वरुप अबेरसम्म वार्तामा बस्नु परेकाले काँग्रेसका मन्त्रीहरुको शपथ राति १० बजेमात्रै भएको हो ।

तर हिजो प्रदेश २ मा काँग्रेसका नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोह अव्यवस्थित भएर लाजमर्दो हर्कत देखिएको थियो । बाहिर खुला स्थानमा राखिएको शपथ कार्यक्रममा राम्रो बत्तीको पनि व्यवस्था नगरी मोबाइलको टर्च बालेर कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ लिएका थिए ।

विश्वभर फैलिएको कोरोना महामारीको बेवास्ता गर्दै मास्क नलगाई शपथ लिएका मन्त्रीहरुको वरिपरी नेता कार्यकर्ताको भीड देखिन्थ्यो । यसले गर्दा नेपालका प्रदेशहरु, प्रदेश सरकार र प्रदेश प्रमुख कार्यालय कस्ता छन् भन्ने छर्लंग देखिएको छ ।

यिनीहरुको यस्तो अव्यवस्थित लाजमर्दो हर्कतले संघीयताको नै बेइज्वत गरिरहेका छन् । संघीय सरकारले आफूलाई जथाभावी प्रदेश प्रमुख हटाउदै नयाँ नियुक्त गर्नु, सत्ताको जोगाउन जथाभावी मन्त्रीहरुको नियुक्त गर्नु, सत्ताको लागि अपवित्र गठबन्धन गर्नु, प्रदेश सरकार ढाल्न अरु दलहरु लागी पर्नु आदि जस्ता क्रियाकलापले राजनीतिक दलहरुले आफै संघीयतालाई धरासयी बनाउदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !