८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै


सुदूरपश्चिम प्रदेशसभा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभामा पेश हुने यस नीति तथा कार्यक्रम अनुसार नै आगामी बजेटका याेजनाहरु प्राथमिकतासाथ समेटिने भएकाले संसदहरु गहन छलफलमा जुट्ने छन् । काेराेना संक्रमण र राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन ढिलाइ भएकाले सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको छ ।

संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !