८ बैशाख २०८१, शनिबार

योगेशको खुलासा : एमाले एकताको समस्याको मुल जड मुख्य नेताहरु ओली, नेपाल र खनाल


योगेश भट्टराई

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड पत्ता लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बुधबार बिहान लेख्दै भट्टराईले पार्टी एकताको समस्याको मुल जड मुख्य नेताहरु केपी शर्मा ओली, झलनाथ खनाल र माधव नेपाल नै भएको खुलासा गरेका हुन् ।

उनले अध्यक्ष केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भनेर ओलीलाई प्रश्न गरेका छन् ।

यस्तै उनले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउपा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपका अध्यक्ष उपेन्द्र यादवसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भनेर यो कस्तो बिडम्वना भनेर गुनासो प्रकट गरेका छन् ।

साथै उनले कस्ले, किन र के का लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं हो भन्दै यस बिषयमा ओली, खनाल र नेपाल वीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !