७ बैशाख २०८१, शुक्रबार

ओलीले ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ जस्तै हो : बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ जस्ता भएकोले सबैले नयाँ ढंगले सोचौं भनेर कटाक्ष गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले कुनै पनि संकटले नयाँ सम्भावना लिएर आउने भएकोले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धको प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने सम्भावना रहेको संकेत गरेका छन् ।

सप्तरी जिल्लाको पूर्व-पश्चिम राजमार्गको सडक खण्डमा पर्ने बरमझिया क्षेत्रमा ५ किलोमिटर दुरीमा रहेका ८० भन्दा बढी पेडा पसल सवैले आफूलाई असली ‘बरमझियाको असली बाजेको पेडा’ भएर दाबी गर्ने गरेतापनि कुन ‘असली बाजेको पेडा’ पसल हो भनेर चिन्न एकदम गार्हो हुने प्रसंग ओलीको ‘असली कम्युनिष्ट’ पदावलीसँग जोडेका हुन् ।

उनले लेखेका छन्, ‘भनिन्छ कुनै पनि संकट नयाॅ सम्भावना लिएर आउॅछ । ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाॅ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ । ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ । सबैले नयाॅ ढंगले सोचौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !