७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै


कर्णाली प्रदेशसभा

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ । कर्णाली प्रदेशसभा प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि हिजो पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोखेका थिए ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए । हिजो बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच ३ घण्टा वार्ता भएर टुङ्गो नलागेपछि बैठक नै बस्न सकेको थिएन ।

दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले आज अपराह्न २ः०० बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !