७ बैशाख २०८१, शुक्रबार

माधव नेपालप्रति सूर्य थापाको कटाक्ष : तेल निकाल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तेल निकाल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ भन्दै माधव नेपालको ल्याङल्याङ अति भयाे भनेर आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अब जेठ २ गतेकाे रटानकाे अध्याय सकिएकाे पनि स्पष्ट पारेका छन् । उनले माधव कुमार नेपालका शर्त स्वीकारेर एकता नहुने भन्दै यी शर्तमा नेपाल गुटसँग हाेइन, देउवाकाे काँग्रेससँग बरू एकता हाेला भनेर कटाक्ष गरेका छन् ।

उनले पार्टी अध्यक्ष ओलीकाे वक्तव्य मानेर आउनेलाई स्वागत गरौ भन्दै असंभव काेशिस छाेडाैं भनेर लेखेका पनि छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !