१३ बैशाख २०८१, बिहिबार

हामी विरुद्ध फेरि अनर्गल प्रचार शुरु भयो : घनश्याम भुसाल


घनश्याम भुसाल,

काठमाडौँ। नेकपा एमाले नेता घनश्याम भुसालले आफूहरुका विरुद्ध अनर्गल प्रचार शुरु भएको बताएका छन् । आज सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले समूह नै तयार गरेर आफूहरुका विरुद्ध अनर्गल प्रचार गरिएको बताएका हुन् ।

भुसालले लेखेका छन्, ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

उनले पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो भन्दै पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन भनेर लेखेका छन् ।

उनले पञ्चायत कालका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु भन्दै आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् भनेर ओली समूहप्रति कटाक्ष समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !