१३ बैशाख २०८१, बिहिबार

रोकिएन प्रचण्डको छट्पटी : नेपाललाई भेटेलगत्तै पुगे देउवा निवास बूढानीलकण्ठ


देउबा र प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ गते पूर्व फर्काउने घोषणा गर्दै खनाल-नेपाल समूहलाई पार्टी एकताका लागि ६ बुँदे आह्वान गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छट्पटी बढेको छ ।

कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा पौने एक घण्टा छलफल भएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए ।

देउवाको सचिवालयले बताएअनुसार मध्यान्ह १२ देखि देउवा र प्रचण्डबीच अहिले भेटवार्ता जारी रहेको छ । कांग्रेस, माओवादी लगायत ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए ।

ओलीले खनाल-नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा पेश रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

अहिलेको नेपालको राजनीतिमा सिर्जना भएको अस्थिरताको मुख्य कारण भनेको ओली र प्रचण्डको जुँगाको लडाई नै हो । प्रचण्ड जसरी पनि ओलीलाई सत्तावाट हटाउन चाहन्छन् भने ओली जसरी भएपनि सत्तामा टिकिरहने रणनीतिमा छन् ।

सत्तामा टिकिरहने रणनीतिअनुरुप ओलीले जसपको महन्थ ठाकुर समूहलाई १० वटा आकर्षक मन्त्रालय दिएर सरकारमा सहभागी गराइसकेका छन्। अव नेकपाको असन्तुष्ट समूह खनाल-नेपालका मागहरु पूरा गरेर उक्त समूहका केहि नेताहरुलाई मन्त्री बनाउने सोचमा छन् ।

यो पनि पढ्नुहोस्

ओलीले आह्वानपछि प्रचण्डलाई छट्पटी : कोटेश्वरमा पुगेर भेटे माधव नेपाललाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !