१३ बैशाख २०८१, बिहिबार

ओलीले आह्वान गरेपछि प्रचण्डलाई छट्पटी : कोटेश्वरमा पुगेर भेटे माधव नेपाललाई


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ गते पूर्व फर्काउने घोषणा गर्दै खनाल-नेपाल समूहलाई पार्टी एकताका लागि ६ बुँदे आह्वान गरेको १ दिनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छट्पटिएर माधव नेपाललाई कोटेश्वर पुगेर भेटेका छन् ।

कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल भएको स्रोतले बताएको छ । खनाल-नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए ।

माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका छन् । ओलीको आह्वानपछि नेकपा एमालेको खनाल-नेपाल समूहले यसवारे छलफल गरेर आधिकारिक धारणा तय गर्न अहिले भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक जारी रहेको छ ।

अहिलेको नेपालको राजनीतिमा सिर्जना भएको अस्थिरताको मुख्य कारण भनेको ओली र प्रचण्डको जुँगाको लडाई नै हो । प्रचण्ड जसरी पनि ओलीलाई सत्तावाट हटाउन चाहन्छन् भने ओली जसरी भएपनि सत्तामा टिकिरहने रणनीतिमा छन् ।

सत्तामा टिकिरहने रणनीतिअनुरुप ओलीले जसपको महन्थ ठाकुर समूहलाई १० वटा आकर्षक मन्त्रालय दिएर सरकारमा सहभागी गराइसकेका छन्। अव नेकपाको असन्तुष्ट समूह खनाल-नेपालका मागहरु पूरा गरेर उक्त समूहका केहि नेताहरुलाई मन्त्री बनाउने सोचमा छन् ।

पार्टी एकताका विषयमा यसअघि पटक-पटक भएका छलफलमा पनि ओलीले यिनै शर्तहरु राख्ने गरेकाले खनाल-नेपाल समूह थप सशंकित बनेको छ । ओलीले पार्टी एकताका लागि विभिन्न सर्त राखेकाले यसमा शंका गर्नुपर्ने धेरै ठाउँ रहेको खनाल-नेपाल समूहको बुझाई रहेको छ ।

ओलीले पार्टीका केन्द्रीय सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुलाई आधारमा मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने प्रस्ताव गरेका छन् । यसको सट्टामा खनाल-नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा पेश रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव ओलीको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !