१३ बैशाख २०८१, बिहिबार

पार्टी एकताका लागि अध्यक्ष ओलीको आह्वान सकारात्मक : योगेश भट्टराई

ओलीको आह्वानपछि योगेशले भने, 'हजार माईलको यात्रा पहिलो पाइलाबाट नै शुरु हुन्छ'


योगेश भट्टराई

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले अध्यक्ष ओलीले आह्वानले कार्यदल स्तरको छलफललाई पुन: निरन्तरता दिन बाटो खुलेको बताउदै पार्टीका जिम्मेवार नेताहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सर्वोच्च अदालतमा बिचाराधिन बिषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत: संबिधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने विचार व्यक्त गरेका छन् ।

साथै उनले अध्यक्षको बक्तब्यले पार्टीको शीर्ष नेतृत्वका वीचमा सार्थक संबाद हुने र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दै हजार माइलको यात्रा पहिलो पाइलाबाट नै शुरु हुने भनाई उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !