७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्रीमा खगराज अधिकारीको पनि दाबी, कसले मार्ला बाजी ?


खगराज अधिकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल थालेका छन् । ओलीले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि तयारी थालेका हुन् ।

गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज अधिकारीले दाबी पेश गरेपछि प्रधानमन्त्री ओली कसलाई बनाउने भनेर दबाबमा परेका छन् ।

प्रहरी नेतृत्वले पनि बस्नेतभन्दा अधिकारीलाई रुचाएकोले गृहमन्त्रीमा अधिकारीकै सम्भावना रहेको पनि एमालेनिकट उच्च स्रोतको दाबी छ । अधिकारी गृहमन्त्री बने बस्नेत सञ्चारमन्त्री बन्ने निश्चित् छ । बस्नेतले पनि आफूलाई गृह नदिईए सञ्चार दिन भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !