१२ बैशाख २०८१, बुधबार

महान्यायाधिवक्ताको माग : संवैधानिक इजलासबाट न्यायाधीश कार्की र भट्टराई हट्नुपर्छ


रमेश बडाल

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा समेटिएका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई बाहिरिनुपर्ने बताएका छन् । उनले आफूहरुलाई यो इजलासमा आशंका भएकाले कार्की र भट्टराई बाहिरिनुपर्ने जिकिर गरेका हुन् ।

‘मेरो विनम्र आग्रह छ, दुईजना न्यायाधीश दीपक कुमार कार्की र आनन्दमोहन भट्टराई यो मुद्दाबाट अलग भइदिनुस्’, उनले भने, ‘पूर्वाग्रहको आशंका भए पुग्छ भन्ने आनन्दमोहन श्रीमान्ले नै लेख्नुभएको छ । हामीलाई यो इजलासमा आशंका छ ।’

दुईजना न्यायाधीश हट्दा पनि संवैधानिक इजलास गठन गर्न समस्या नहुने उनको जिकिर थियो । उनले भने ‘के हामी अहिले विकल्पविहीन अवस्थामा छौं र ? यो भन्दा अगाडि पनि एकपक्षीय भयो । त्यसबेला समयमा पनि हामीलाई न्याय भएको थिएन । हामी के चाहन्छौं भन्ने समानता हुनुपर्छ । प्रक्रियामा पनि हामीले जस्टिस खोजेका छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !